३० जना आमाले घरमै बच्चा जन्माए



सैघाली खबर,
बैतडी, ८ – माघ। बैतडीको पुरचौंडी नगरपालिका वडा नम्बर –९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको अभावका कारण प्रसूति सेवा बन्द भएको छ । झण्डै एक वर्ष यता स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको तल्लादेही स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिले सम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् । स्वास्थ्य चौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीय तारा भण्डारीले जानकारी दिनुभयो । गाउँ भएर स्वास्थ्य चौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा पानीको अभाव भएको हो ।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्