मुख्यमन्त्री छान्न बालकोटमा एमाले स्थायी समितिको बैठक बस्दै



सैघाली खबर,
काठमाडौं ८ माघ। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभामा सिटको भागबन्डा सकाएका छन् । भागबन्डा सकिएलगत्तै आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ ।

आज अपरान्ह एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा स्थायी समिति बैठक बस्ने भएको हो। ४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनबाट एमालेको भागमा परेको तिनै २८ सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको बैठकले निर्णय गर्ने एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार बैठक मूलत राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भनिएपनि बैठकमा मुख्यमन्त्री चयनबारे छलफल हुने छ ।

सात प्रदेशमध्ये वाम गठबन्धनबाट नेकपा एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्रीकालागि उम्मेदवारी दर्ता गर्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्