अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण पुष्टि

By Saru Sunar

April 12, 2021

काठमाडौँ । भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ ।

हिजो मात्रै नौ सय चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक लाख ७० हजार एक सय ७९ पुगेको छ । यस्तै  भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । अहिले १२ लाख जना सक्रिय सङ्क्रमित रहेका र उनीहरुको उपचारको लागि आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको पनि सरकारी अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।