सिचाइ याेजनाकाे पाईप जल्दा लाखौंको क्षेति



उत्तम कुमार थापा 

बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ३ मा जंगलमा लागेको डडेलोका कारण ग्वाना सिचाइ योजनाको पाइपलाईन जलेको छ । दुई वर्ष अघि सिचाइ डिभिजन कार्याल बझाङद्वारा निर्माण गरिएको योजनाबाट थलारा गाउँपालिका वडा नं ३ सिमल्लेखको करिब २ सय नाली खेतीयोग्य जमिनमा सिचाइ हुँदै आएको थियो ।

स्थानीय ठाउँ मानेकोरेला भन्ने स्थानबाट शनिबार बेलुकी ५ बजेतिर डडेलो सल्केको र आगो नियन्त्रणमा लिन खोज्दा पनि नसकिएको थलारा गाउँपालिका वडा नं ३ का वडा सदस्य कृष्ण चौहानले बताए । उनका अनुसार ग्वाना देखि सिमल्लेख सम्मको उक्त सिचाइ योजनामा भीरै भीर भएकालेे सिमेन्टका थुम बनाई पाइपलाईन नाङ्गै जोडेर ल्याएको थियो ।


आगोले उक्त स्थानको करिब ५ सय मिटर पाइपलाइन जलाएर लाखौंको क्षति गरेको छ । रोपाइँको लागि बेर्ना राख्ने बेलामा सिचाइको पाइपलाइन जलेपछि त्यहाँका बासिन्दा निरास भएकाछन् । आगो कसले लगायो अझै पत्ता लागेको छैन । आगो अझै नियन्त्रणमा नआएको र निरन्तर खप्तड राष्ट्रिय निकुञ्जतिर बढीरहेको पनि सदस्य चौहानले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्