आफ्नै छोराले गरे बुवाको हत्या



 

सैघाली खबर,
दाङ ८ माघ। दाङ स्थित तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ दुधेनामा आफनै छोराले बाबुको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आइतवार राति अन्दाजी नौं बजेतिर कृष्ण मन्दिर नजिकै बस्ने २९ बर्षीय तेजबहादुर चौधरीले ५२ बर्षीय बाबु बाबुराम चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

सामान्य घरायसी विवादका क्रममा तेजबहादुरले आफ्नै बाबुलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

हत्या आरोपी तेजबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्