Banner Second

मन्त्रिपरिषद् बैठक : तत्काल लकडाउन नहुने, सरकारले सार्वजनिक अपील गर्ने

By Saru Sunar

April 13, 2021

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएका बेला सरकारले तत्काल लकडाउन नगर्ने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गरे पनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ। संक्रमणको दोस्रो लहरले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड भने जारी गर्ने भएको छ ।

नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा सरकारले सार्वजनिकरुपमा देशवासीलाई भोलि अपिल गर्ने भएको छ।कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकका पछिल्लो प्रस्तावमाथि मन्त्रिपरिषद्मा छलफल भएको हो।

उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले सरकारका तर्फबाट मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल अपील भएका छन्। जोखिम बढेको आँकलन भएपनि सरकार तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द नगर्ने निष्कर्षमा पुगेको हो।

संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने छ। दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दबाब भएपनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ।

देशभर आज मात्रै ५ सय बढी कोरोना संक्रमित थपिएका छन्।