सैघाली खबर,
तुलसीपुर ८ माघ ।
प्रदेश राजधानीको माग गर्दे भएको आन्दोलनबाट संकलन भएको तुलसीपुरको फोहरलाई सोमबार सरसफाई गरिएको छ । सडकमा फोहर भएको गुनासो आएको भन्दै सडक सरसफाई गरिएको हो । आन्दोदलनको क्रममा तुलसीपुरको बिभिन्न चोकहरुमा टायर बाल्दा फोहर भएको थियो । जसले गर्दा स्थानीयलाई आवत जावतमा समस्या भएको गुनासो आउन थालेपछि सरसफाई गरिएको हो । फोहरले गर्दा आवतजावतमा समस्या पारेको गुनसो आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को अगुवाईमा यस क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुको सहकार्यमा सरसफाई गरिएको हो ।
आईतवार घोराहीमा आन्दोलनकारीले नै सडकको फोहर सरसफाई गरेका थिए । त्यसैको प्रभाब स्वरुप तुलसीपुरमा पनि सरसफाई गरिएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।