नेपालमा ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट



काठमाडौं। हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ। कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्