आर्थिक

चौतारामा औद्योगिक ग्राम निर्माण गर्ने तयारी

By Thah Online

April 13, 2021

काठमाडाैं । चौतारा साँगाचोकगढी नगरपालिका–४ मा औधोगिक ग्राम बन्ने भएको छ । ४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको छ।

सम्झौता अनुसार औद्योगिक ग्रामका लागि यस आर्थिक वर्षको लागि मात्रै मन्त्रालयले ९२ लाख उपलब्ध गराउने छ। उक्त रकमले यस वर्ष जग्गा तयारी (फाउन्डेसन तयारी) गरिने नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए।

आइतबार नगरपालिकाले उक्त क्षेत्रमा प्राविधिकहरूसहित स्थलगत निरिक्षण गरेको छ। नगरपालिकाका अनुसार आगामी हप्ता यसका लागि टेन्डर आव्हान हुनेछ। सम्भवत यो जिल्लाकै पहिलो औद्योगिक ग्राम हुनेछ।

औद्योगिक ग्रामभित्र यी उद्योगहरू खोल्न सकिनेछ :

– कृषि उत्पादन प्रशोधन उद्योग – डेरी उद्योग – जडिबुटी प्रशोधन उद्योग – काठ तथा बाँस बाट बन्ने उत्पादनमुलक उद्योग – खानी तथा खनिजमा आधारित उद्योग – पानी प्रशोधन उद्योग – विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग – प्राविधिक, सिपमुलक कार्यमा आधारित सामग्री उद्योग – सफ्टवेयर सामग्री उत्पादन – स्थानीयहरूको मागमा आधारित अन्य उद्योग रहने छन्।