द्वन्दका घाइतेलाई लुम्बिनी प्रदेशले उपचार गर्दै



दाङ । लुम्बिनी प्रदेशमा निःशुल्क उपचारको व्यवस्था भएपछि द्वन्द्वका समयमा घाइते तथा अपाङ्ग भएकाहरु लाभान्वित भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयलले द्वन्द्वकालमा विभिन्न कारणले घाइते तथा अपाङ्ग भएकाहरुलाई उपचारमा सहयोग उपलब्ध गराउन थालेपछि पीडितहरुले राहत महसुस गरेका हुन् ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लालाई लक्षित गरी मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ देखि द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएकाहरुको उपचार गर्न सुरु गरिएको थियो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा घाइते तथा अपाङ्गहरुले उपचार गराइरहेका छन् । त्यस्तै प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएकालाई थप उपचारकमा लागि चितवन मेडिकल कलेज, वीर अस्पताल र नेशनल अर्थोपेडिक सेन्टरमा पठाउँदै आएको छ । प्रदेश सरकार स्थापना भएसँगै पाीडितको उपचार गर्न विशेष कार्यक्रम तयार पारी निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले बताए ।

आर्थिक अभावमा उपचार गर्नबाट कोही पनि बञ्चित हुन नदिन र द्वन्द्वका घाउँहरुमा मल्हम लगाउन कार्यक्रममार्फत पहल लिएको उनको भनाइ छ । आर्थिक वर्ष २०७५र७६ देखि मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा ५० लाख विनियोजन गर्दै आएको छ । उक्त आर्थिक वर्ष ६१ जनाले उपचार गराएका थिए । कार्यक्रम सुरुवातको पहिलो वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा शिविर सञ्चालन भएको थियो । यस वर्ष १० लाख बराबरको बजेट खर्च भयो । आर्थिक वर्ष २०७६र७७ मा ३२ जना घाइते तथा अपाङ्गले उपचार गराएका थिए ।

जसमा १८ जना पूरानै र १४ जना नयाँ पीडितले उपचार गराएका थिए । यस आर्थिक वर्षमा ३३ लाख ९२ हजार ५२ रुपैयाँ उपचारमा खर्च भएको थियो । कोरोना महामारीका कारण कतिपय पीडितहरु सम्पर्कमा आएपनि उपचार सेवा भने लिन सकेनन् । चालु आर्थिक वर्ष २०७७र७८ मा ४४ जनाले उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा उपचार गराउने आउनेको संख्या थप हुनसक्छ ।

उपचार गराउन आउने घाइते तथा अपाङ्गहरुलाई निशुल्क उपचारसहित भत्ताको समेत व्यवस्था गरिएको छ । उनीहरुले एकपटक उपचार गराउन आउँदा पाँच दिन र जिल्ला बाहिर रेफर गर्नुपरे सात दिनको भत्ता पाउँछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्