रक्सी खाएर कार्यालय आएका मालपोत कार्यालय पश्चिम रुकुमका प्रमुख पक्राउ



रुकुम पश्चिम । रक्सी सेवन गरि कार्यालयमा आएको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलिले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो ।

सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । प्रकाउ परेका खड्का माथी प्रचलित स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जनाए ।

खड्काले रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापरबाही गरेको गुनासो आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए । कार्यालय कामकाजका क्रममा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान नदिएको पाइएको जनाइएको छ । खड्कामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्