वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु



३१ चैत पर्सा । वीरगन्जमा मंगलबार  थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको आईसियु कक्षमा  उपचारको क्रममा वीरगन्ज महानगरपालिका- ३ प्रगतिनगर निवासी ६२ वर्षीय सुरेश रौनियारको मंगलबार बिहान करिब ८:२० को समयमा मृत्यु भएको हो ।

रौनियार एक हप्ता अघि मात्रै भारतको दिल्लीबाट नेपाल आएका थिए । ज्वरो र रक्तचापले ग्रसित रौनियारको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्