दुर्घटना

गोरखाको नाम्जुगंमा ट्याक्टरले किच्दा एक बालकको घटनास्थलमै मृत्यु

By Saru Sunar

April 13, 2021

३१ चैत्र गोरखा । शहिदलखन गाउँपालिका –९ नाम्जुङ्गमा ट्र्याक्टरले ठक्कर दिँदा १३ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानिय सरस्वती आधारभूत बिद्यालय कक्षा ७ मा अध्ययनरत विवश ढकालको  मृत्यु भएको हो। मंगलवार बिहान घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग १ त ४५८२ नं को ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिनुभयो ।

ढकालको ट्याक्टरको टायरले किच्दा उनको घटनास्थलमै भएको हो। शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले घटनाबारे थप अनुसन्धान भइरहेकाले दुर्घनाको कारण अहिलेनै भन्न नसकिने समेत उनले जानकारी दिए।