ब लात्कारको झुटो आरोप लगाउने युवतीलाई कै द



दाङ । आफूमाथि सामूहिक ब लात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् । घोराहीका तीनजना युवाहरुले आफूहरुमाथि सामूहिक ब लात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीले मु द्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेका थिए ।

दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने फैसला गरेको हो । चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्‍याएको ठहर गर्दै नाबालिग भएकाले बालिकालाई छोडिएको र जाहेरवाली अर्की युवतीलाई भने एक महिना कैद र ती युवतीबाटै ब लात्कारको आरोप लागेका तीनजना युवाहरुलाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरिले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्