नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाकाे संस्थापक शेयर लिलामीमा विक्री



काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज (मंगलवार) देखि ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ।

शेयरको न्यूनतम मूल्य १ हजार ६०० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्ने हुन्छ। उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदकले न्यूनतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको छ। विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नु पर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्