अन्तर्राष्ट्रिय

‘कू’ विरुद्धको प्रदर्शन पछि म्यान्मारमा ७०० भन्दा बढीको हत्या

By Saru Sunar

April 13, 2021

म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जना भन्दा बढीको हत्या गरिसकेको जनाइएको छ । ‘कू’ पछि म्यान्मारमा हिंसाको उतारचढाव जारी छ।एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (बर्मा) का अनुसार गत फेब्रुअरी १ तारिखमा ‘कू’मार्फत् सेनाले सत्ता आफ्नो हातमा लिएयता म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जनाभन्दा बढीको हत्या गरिसकेको हो।

प्रदर्शनकारीमाथि दमन बढ्दा त्यसका पीडितहरूको सङ्ख्या पनि बढिरहेको छ मारिएकामध्ये केहीले कू विरुद्धको प्रदर्शनमा हिस्सा लिएका थिए। तर बालबालिकासहित कतिपय अरू चाहिँ सामान्य रूपमा आफ्नै घरमा बसिरहेका बेला मारिएको बीबीसीले जनाएको छ।