Banner Second

कमलादीबाट सर्दै नेपाल दूरसञ्चार प्राधिकरणकाे कार्यालय

By Thah Online

April 13, 2021

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो कार्यालय राष्ट्रिय नाचघर जमलमा सार्ने भएको छ। हाल कमलादीमा रहेको प्राधिकरणको कार्यालय अब जमल सार्न लागेको हो। प्राधिकरणबाट हुने सबै कामहरु आगामी बैशाख २ गतेदेखि राष्ट्रिय नाचघरबाटै सञ्चालन गर्ने गरी सर्न लागेको प्राधिकरणले जनाएको छ।

२०७६ फागुनमा आफ्नै भवन बनाउने योजनासहित अगाडि बढेको प्राधिकरणले खुमलटारमा रहेको रेडियो नेपालको जग्गा नपाएपछि भवन निर्माण गर्न सकेको छैन। रेडियो नेपालको स्वामित्वमा रहेको ४२ रोपनी जग्गा खरिद गरी कार्यालय भवन बनाउने योजना प्राधिकरणको थियो। आफ्नै भवन बनाउन नपाएको प्राधिकरण नाचघरको स्पेस भाडामा लिएर कार्यालय सञ्चालन गर्न लागेको हो।