चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु



चैत ३१, चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

अहिले जिल्लामा ६८ जना सक्रिय संक्रमित छन् । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए । जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।  तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्