३ महिने जनरल कुक तालिमको उद्वघाटन

उत्तम कुमार थापा


धनगढी उपमहानगरपालिका ,कैलालि युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिस काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको तीन महिने तालिमकाे उद्घघाटन गरिएको छ । । धनगढी उपमहानगरपालीका वडा नम्बर १६ का २० जना युवाहरुलाई वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । परियाेजना ३९० घण्टे ३ महिने जनरल कुक तालिमकाे उदघाटन भादा हाेमस्टेमा गरिएकोे हाे । तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निड्स नेपालका उपाध्यक्ष लाेकेन्द्र प्रसाद जाेशीकाे अध्यक्षतामा सुरुभएकाे तालिम प्रमुख अतिथि धनगढि उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष लक्ष्मी नारायण चाैधरि रहनु भएकाे थियोे । तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्। प्रमुख अतिथि चाैधरिले तालिमले यस वडामा रहेकाे हाेमस्टेलाई व्यवस्थापनमा सहयाेग पुग्नुका साथै राेजगार र स्वराेजगारमा सहयाेग पुग्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ। कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा निड्स नेपालका विनाेद कडारा,सुजाता चाैधरि र तालिम प्रशिक्षक अादिकाे उपस्थिति रहेकाे थियाे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्