सैघाली खबर
दाङ, ८ माघ । शुभप्रभात मावि घोराहीले सोमवार आफ्नो ३६ औं वार्षिकउत्सव सम्पन्न गरेको छ । विद्याकि देवी सरस्वतीको जन्मोउत्सव अबसर पार्दै विद्यालयले आफ्नो वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत दलामीको अध्यक्षता एवं विद्यालयका पूर्व प्रधानध्यापक बासुदेव रिजालको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले सामुदायिक विद्यालयहरुको शैक्षिक विकासका लागि शुभप्रभात माविले अनुकरणिय कार्य गर्दै आईरहेको प्रशंसा गर्नुभयो । ३६ वर्षको दौडानमा विद्यालयले विपन्न परिवारका बालबालिकाहरु लाई प्रभावकारी शिक्षा प्रदान गर्दै मुलुक निर्माणमा टेवा पु¥याउदै आईरहेको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा घोराही उपमहानगरपाकिला वडा नं. १४ का अध्यष शक्तिराम डाँगीले सामुदायिक विद्यालयले पनि निजि स्तरका विद्यालयहरु स्वच्छ प्रतिस्पर्धा गर्दै सक्षम जनशक्ति निर्माण गरीरहेको चर्चा गर्दै यस विद्यालयको शैक्षिक सुधार तथा संरक्षणको अझै खाँचो रहेको औल्याउनु भएको थियो । सामुदायिक विद्यालयहरुको शिक्षा सुधार गरी व्यवहारिक शिक्षाको विकास गर्न अति जरुरी रहेको उहाँले बताउनुभयो । वढ्दो शैक्षिक बेरोजगारीका दरले मुलुक सक्षम श्रमशक्ति विदेश पलाएन भईरहेकाले त्यसका लागि अबको नयाँ विकल्प नै व्यवहारिक शिक्षा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सामुदायिक विद्यालयहरुमा चल्दै आईरहेको परम्परागत शिक्षण शैली राज्य तह वाट नीतिगत रुपमा फेरिनुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रममा शिक्षा प्रेमी तोरणध्वज श्रेष्ठ, विद्यालयका पूर्व प्रअ माधव प्रसाद रिजाल, लालमणि पन्त, ऋषीमालिका छात्रवृत्ति कोष स्थापनाकर्ता मालिका शर्मा, माउन्ट भ्यु ईङलिस वोर्डिङ स्कूलका अध्यक्ष अरुण शर्मा र स्रोत व्यक्ति रामप्रसाद जैसी लगाएतकाले मन्तव्य वइक्त गर्नुभएको थियो । भने उक्त अबसरमा विद्यालय परिवारले नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेललाई कार्यकालको शुभकामना सहित सम्मान गरेको थियो ।
विद्यालयका प्रअ गणेशराज श्रेष्ठको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक रुद्र बुढाले गर्नुभएको थियो । भने शिक्षिका मधु पण्डितले सरस्वती बन्दना गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।