अमेरिकामा रोकियोे कोरोनाविरुद्धको खोप



काठमाडौं। अमेरिकामा जोनसन एण्ड जोनसनले बनाएको कोरोनाको खोप स्थगित गरिएको छ। अमेरिकामा अहिलेसम्म जोनसनले बनाएको ६८ लाख खोप लगाइएकोमा अहिलेसम्म ६ जनाको डिमागमा रगतको थक्का जमेको पाइएपछि यस बारेमा अनुसन्धान गर्न हाललाई खोप नलगाउने निर्णय भएको हो।

अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) ले अस्थायी रुपमा जोनसनको खोपमा रोक लगाइएको जानकारी दिएको छ। अनुसार अहिलेसम्म अमेरिकामा जोनसनको खोप लगाएर दिमागमा रगतको थक्का जमेर एक जनाको मृत्यु भएको र अन्य पाँच जनाको अवस्था चिन्ताजनक भएको एफडीएले जनाएको छ। सबै ६ जना महिला भएको र उनीहरुको उमेर समुह १८ देखि ४६ बर्ष रहेको छ। उनीहरुलाई खोप लगाएको ६ देखि १३ दिनमा यस्तो लक्षण देखिएको हो।

एफडीएले सबै राज्यलाई हाललाई अस्थायी रुपमा जोनसनको खोप लगाउन रोक्न निर्देशन दिएको छ। अमेरिकी औषधी निर्माता कम्पनि जोनसन एण्ड जोनसनले यो खोप बेल्जियममा बनाएको हो। सामान्य फ्रिजमा राख्न सकिने यो खोप कोरोनाविरुद्धको एक डोज लगाए पुग्ने एक मात्र खोप हो।

अमेरिकी वरिष्ठ भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले जोनसनको खोपको प्रयोग अनुमति रद्ध गर्ने बारे अहिले नै कुनै निर्णय गर्नु हतार हुने बताएका छन्। निकै कम प्रतिशतमा मात्र यस्तो लक्षण देखिएकाले अहिलेनै हतार गरेर निर्णय गर्नुपर्ने आवश्यकता नभएको बताएका छन्। उनले यस बारेमा नियमन एजेन्सीहरुले अनुसन्धान गरेर थप निर्णय लिने बताएका छन्। एस्ट्राजेनेकाको खोपमा पनि यस्तै समस्या देखिएपछि युरोपका देशहरुमा समस्या आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्