टप फिचर

रमजानमा गरिब परिवारहरुको सहयोग गर्ने आग्रह तथा पवित्र महिनाको शुभकामना

By Saru Sunar

April 14, 2021

बैशाख १, कपिलवस्तु ।  शहबाज खान 

पवित्र महिना रमजान तथा नया वर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रिय मुद्रा संघ नेपालले हिजोसाँझ एक‌ कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा भद्रभलादमीहरुमा खुशी साटा साट गर्दै एक‌ अर्कामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

साथ साथै राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले उपस्थित सबै लाई हार्दिक बधाई तथा शुभकामना दिदै भने कि इस्लाम धर्मको पवित्र महिना रमजान आज देखि शुरु हुने भएको छ यो महिना धैरे बरकत वाला महिना‌ रहेको छ यो महिना मा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहायहरुको मदत गरि गरिब परिवारहरुको पेट भर्ने काममा लाग्नु पर्ने कुरा मा जोड़ दिएका थिए ।

त्यसै क्रममा लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने कि इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।मुस्लिम समुदायकाे याे पर्वमा महिना दिनसम्म बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्राेका अनुसार आज बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

यसरी रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । याे रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । राेजामा दान दिनु , गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजाना व्रत बस्न हिजाे साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

मुस्लिम समुदायका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ राेजाबाट पूरा हुने मानिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन ल्याउन पनि सकिने बताउनु भयो

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) लाई ध्यान मा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पुर्ण पालन गरि यो पवित्र रमजान महिनाको इबादत गर्नाको लागि समुदायमा एक प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरेका छन।

उक्त कार्यक्रममा समुदायका धर्मगुरु समाजसेवी युवा व्यापारी बुद्धिजीवी विद्वानहरुको उपस्थिती रहेका थिए र कार्यक्रम राष्ट्रिय मदरसा संघ नेपालको पुस्तकालयमा सम्पन्न भयेको छ।