कपिलवस्तुकाे महाराजगंज हिन्दु जागरण कार्यक्रम सम्पन्न



धनी राम काेरी, कपिलवस्तु । जिल्लाकाे महाराजगंज नगरपालिका वडा नं -१ महाराजगंजमा नव संवत्सर तथा नयाँ वर्ष २०७८ सालकाे हार्दिक शुभकामना र चैत रामनवमीकाे पावन अवसरमा हिन्दु जागरण कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु जागरणकाे उद्देश हिन्दु समाजको रक्ष्य हेतु अपनाउने तारिकहरु सनातन धर्मको प्रचार प्रसार हेतु, सनातन धर्मावलम्बीहरुलाई एकीकरण गर्ने , हिन्दु जगाने , सनातन धर्मको एकता देखाउने , सनातन धर्मको शक्ति प्रदर्शन र सनातन धर्मको महत्व बुझाऊनेका लागि जागरण गरिएको हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेले जानकारी दिनु भयो ।

चैत रामनवमी र नयाँ वर्ष २०७८ सालकाे शुभकामना अदान प्रदान कार्यक्रम पनि गरिएको थियो । हिन्दु युवा शक्ति कपिलवस्तुकाे आयोजनामा हिन्दु जागरण कार्यक्रम भएको छ । उक्त कार्यक्रम महाराजगंजको जानकी स्कुलको प्रङ्गण मा भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्