दुर्घटना

वीर अस्पतालमा आगलागी

By Thah Online

April 14, 2021

काठमाडौं। काठमाडौंको वीर अस्पतालमा आगलागी भएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले बताइन्।

उनका अनुसार वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगलागी भएको हो। आगो नियन्त्रणमा लिनका लागि दमकलसहित प्रहरी परिचालित भएका छन्।