गुल्मीमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु , ४ जना घाइते



गुल्मी ।  गुल्मीमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेक क्वाङखोलामा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना भएको हो ।

बुधवार दिउँसो सत्यवती बज्यै मन्दिर दर्शन गर्न जाने क्रममा भएको दुर्घटनामा सत्यवती गाउँपालिका–२ थुम्का निवासी २८ वर्षकी तारा राहादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

दुर्घटनामा संगीता राहादी, मीना राहादी, इन्द्र त्ररामु, ज्ञानबहादुर त्ररामु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको पाण्डेले बताए । टेम्पो चालक फरार रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्