आर्थिक

बिटक्वाइनको मूल्य ६४ हजार डलर नाघ्याे, अझै आकाशिने अनुमान

By Thah Online

April 14, 2021

काठमाडौं। बुधबाट बिटक्वाइनको ६४ हजार डलरको मूल्य हासिल गरेको छ। एसिया ट्रेडिङमा १.६ प्रतिशतले बढेर यो ६४,२०७ डलर पुगेको छ। बिटक्वाइनलाई स्वीकार गर्ने कम्पनीहरुको संख्या बढ्दै गएपछि क्रिप्टो करेन्सीकाे मूल्य पनि आकाशिएको हो।

विश्लेषकहरुले आगामी महिनासम्ममा यसको मूल्य ७० हजार डलर पुग्ने आंकलन गरेका छन्। तर केही विश्लेषकहरुले प्राइस चार्टमा ब्रेकआउटको पुष्टिका लागि समय कुर्न सुझाव दिएको अवस्थामा अहिले नै मूल्य वृद्धिलाई लिएर पूर्णरुपमा ढुक्क हुने वातावरण नभएकाे तर्क गरेका छन्।