बहराइनको एक कम्पनीले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब कति ?



काठमाडौं। बहराइनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ। बहराइन सरहमा रहेको quick zebra services -QZS_कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको हो।

कम्पनीले heavy driver का लागि २ जना पुरुष, light driver का लागि २ जना पुरुष, kitchen stewarding का लागि ३ जना पुरुष, operator का लागि ६ जना पुरुष, helper का लागि ५ जना पुरुष, store keeper का लागि २ जना पुरुष र cleaner का लागि १०० जना पुरुष र ८० जना महिला गरि जम्मा २०० जना नेपाली महिला पुरुष कामदारको माग गरेको छ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले तलब खान बस्न सहित करिब ३१ हजार माथि देखि ६५ हजार माथि पाउनेछन्। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ।

करार अवधि २ वर्षे रहेको छ। जान चाहने इच्छुक कामदारले nice recruiting agency pvt= ltd= को कार्यालय सामाखुसी काठमाडौंमा बैशाख ८ गते अन्तरवार्ता दिनु पर्ने छ। स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ। त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्