राजदूत डा. विश्वकर्माले बुझाए ओहदाको प्रमाण पत्र



काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत डा. निर्मलकुमार विश्वकर्माले दक्षिण अफ्रिकाका राष्ट्रपति इरिल रामाफोसासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीसमेतको उपस्थितिमा भएको विशेष समारोहका बीच विश्वकर्माले ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

कार्यक्रममा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाएका थिए भने दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले राजदूत विश्वकर्मालाई स्वागत गरेका थिए । राजदूत डा. विश्वकर्मालाई गार्ड अफ अनरसमेत प्रदान गरिएको थियो ।

राजदूत विश्वकर्माले दक्षिण अफ्रिका गइ कार्यभार समाहलेको एक हप्तामै ओहोदाको प्रमाण पत्र बुझाएका हुन् । २०७७ साल फागुन ११ गते मङ्गलबारका राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्