सैघाली खबर
काठमाडौं,९ माघ
निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीय स्तरको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षण चलिरहेको छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । भोलि उम्मेदवारी दर्ताका लागि आज आयोगले सबै तयारी सक्ने जनाएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।