गीत : “नत आयो पानी जहाज नत चल्यो रेल”



सतहत्तर सालमा नत आयो पानी जहाज नत चल्यो रेल
कोरोनाले गर्दा खेरि घर बाहिर निस्कन नै देन भयो है सबै फेल।

चुच्चे नक्सा आयो किन किन होला छाप्नै परेन
सुति सुति बटम दबाउदा किन औला तल झरेन।

शिलान्यास मात्रै गरे पुग्छ हजुर बन्नै परेन
बाँकी आफै बुझ्नु हुन्छ तपाईहरु भन्नै केही परेन।

बिजुली बस आयो किन किन हजुर चल्नै परेन।

कोरोनाको कहरमा जनता खान नपाई झन्डै भोकै मरेन।

सर्प भ्यागुता बिच्छी पालेर कृषिले मार्‍यो रे छ्लाङ
भैमा नै सुते हुन्छ गरिब दुखी नजतालाई चहिदैन है पलङ्ग।

कोही खान्छन् सधै मार्सी चामलको भात र होलिवाइन
यति बैंकमा पैसा राखिदेको थियो रे त भन्छ कस्ले खान पाइन!

धरहरा बनाको रहेछ कालिगडले हैन रैछ त बाले
गीत गाउदै थिए रे अर्जुन दृस्ठिले सुरिलो भाकाले।

कुलमान गए नि के भो र नियुक्ति पाए साला राजाले
यत्रो लोडसेडिङ हुँदा नि चुपचाप बसेका छन् जनता मजाले।

सतहत्तर सालमा उद्घाटन शिलान्यास धेरै भयो सुति सुति बट्म दबाएर।
अब जन्मिने बच्चाको एकै चोटि न्वारान गरि अनि बस्ने रे झिँगा धबाएर।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्