प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा सम्मानित



गुल्मी । नेपाल प्रेस युनियन गुल्मीका सचिव एवम् जिल्लामा क्रियाशील पत्रकार रमेश विश्वकर्मा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ शाखा गुल्मीले पत्रकार विश्वकर्मालाई ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’ बाट सम्मानित गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुषालले जानकारी दिए ।

नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रममा उनलाई नगद सहित सम्मान-पत्रद्वारा सम्मान गरिएको हो । जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट समाजका विकृती तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले जानकारी दिए ।

पत्रकार विश्वकर्माले सामाजिक संजाल फेसबुक मार्फत पुरस्कार स्थापना गर्ने र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भुसाल लगायतलाई धन्यवाद सहित आभार व्यक्त गरेका छन् । साथै उनले यो सम्मानले आफुलाई पत्रकारिता क्षेत्रमा थप जिम्मेवारी बोध गराएको उल्लेख गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्