नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता १ हजार १७५ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। गत मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश सहित कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख १२ गते बिहान १० बजु केन्द्रिय कार्यालय, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। यसका साथै सो सभाले उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ। ७ प्रतिशत बोनस शेयर र सोपश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्