लालीगुराँस विद्यार्थीले निकाले हावा बाट बिजुली



सैघाली खबर
दाङ, ९ माघ । घोराहीस्थित लालीगुराँस आवासीय माविका विद्यार्र्थीहरुले हावाबाट बिजुली निकालेका छन् । १३ औं बार्षिकोत्सवको अवसरमा उनीहरुले हावाबाट उत्पादन हुने बिजुलीदेखि स्मार्ट सिटीको परिकल्पनामा तयार पारिएका सामग्री प्रदर्शन समेत गरेका थिए । बार्षित्बसका अबसरमा विभिन्न विज्ञान सामग्रीको प्रदर्शन गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल केशरमान बिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष यादव गिरीले गुणस्तरीय शिक्षामा जोड दिनुभयो । उहाँले यसका लागि विद्यालय र अभिभावक उत्तिकै जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बिशिष्ठ अतिथि सिस्नुपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, विद्यालयका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी, अभिभावक भरत पछाइलगायतले शुभकामना दिनुभएको थियो ।

 

विद्यालयका भाइस प्रिन्सिपल हेमराज पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालक शिक्षक गौरव खड्काले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्