सैघाली खबर
काठमाडौं,९ माघ
सरकारले गम्भीर रोगका विरामीहरुलाई दिने भनेको सहयोगअर्थ मन्त्रालयले रोकेको छ । प्रष्ट मापदण्ड नपुगेको भन्दै अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई बजेट दिन रोकेको हो । स्वास्थ्य मन्त्रालयले अर्थसँग बजेट मागे पनि मापदण्ड बनाएको छैन ।
सरकारले पुस १३ गतेको मन्त्रिपरिषद बैठकबाट गम्भीर विरामीलाई महिनाका हिसावले सहयोग दिने निर्णय गरेको थियो । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो ।
सोही अनुरुप अर्थमन्त्रालय सँग बजेट माग गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रस्ट मापदण्ड नबुझाएपछि बजेट रोकिएको हो । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन प्रसाद पोखरेलले मन्त्रिपरिषदले गरेको निर्णय अर्थ मन्त्रालयले नमान्ने नभएपनि स्वास्थ्य मन्त्रालयले मागेको बजेट ‘अफ बजेट’ भएकाले उपलब्ध नहुने सम्भावना रहेको जानकारी दिनुभयो । अर्थले बजेट रोकेपछि कार्यक्रम अलपत्र पर्ने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।