सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रस्तावित लाभांश शुक्रबार पारित हुने



काठमाडौं। शुक्रबार सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८ दशमलव ५६ प्रतिशत लाभांश पारित हुने भएकाे छ। कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले शुक्रवार १२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। होटल अरनिको धुलिखेल, काभ्रेमा विहान ११ बजे सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांश पनि पारित गर्न लागेको हो। नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो।

मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ रहेको छ। सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापकबाट ४ जना र सर्वसाधारणबाट २ जना सञ्चालकको निर्वाचत समेत गर्नेछ। कम्पनीले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ। एफपीओ र बोनस शेयरपश्चात कम्पनीको पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली शंसोधनसमेत सभाले गर्नेछ।

साधारण सभा प्रयोजनका लागि चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ। बुक क्लोजको आधारमा चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्