तुलसीपुर १४ का बृद्धबृद्धालाई न्यानो कपडा वितरण



 

सैघाली खबर,
तुलसीपुर ९ माघ ।

तुलसीपुर उपमहानगरपालिका १४ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १४ का वडा अध्यक्ष परशु नारायण चौधरीको अध्यक्षतामा  भएको कार्यक्रममा त्यहाँका २६ जना बृद्धालाई कपडा वितरण गरिएको हो ।

 

जाडोको समयलाई मध्यनजर गर्दै ८४ बर्ष भन्दा माथिका बृद्धबृद्धलाई न्यानो कपडा वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा कम्मल, बलाङ्केट, टोपीलगायतको न्यानो कपडा वितरण गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली ( माईकल) को बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य शुसिला बुढाठोकीलगायतले सहभागीता रहेको थियो ।

त्यस अबशरमा बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण पनि गरिएको थियो । स्वास्थ्य परिक्षण गर्दा केहीमा उच्च रक्तचाप भएको पाईएको थियो । भने केही बृद्धबृद्धाका स्वास्थ्य सामान्य रहेको पाईएको थियो । साथै हिड्डुल गर्न नसक्ने बृद्धाहरुलाई घरमै पुगेर कपडा वितरण गर्नुका साथै स्वास्थ्य परिक्षण गरिएको थियो ।

तुलसीपुर १४ कोठेरीका ९४ बर्षीय धर्मराज खत्रीको घरमै गएर न्यानो कपडा वितरण गर्नुका साथै स्वास्थ्य परिक्षण गरिएको हो । उनी घरबाट हिड्डुल गर्न नसक्ने भएकाले घरमै उपमहानगरपालिकाको टोली घरमै पुगेको हो । कार्यक्रमको सहजीकरण बन्दु चौधरीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्