भक्तपुरमा सिन्दुर जात्राको रौनक ! (फोटोफिचर)



वैशाख २, भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने विस्केट जात्रा भव्यताका साथ मनाइएको । सिन्दुर जात्राको नामले समेत प्रख्यात यो जात्राले आज सिंगो थिमी क्षेत्र रंगिन भएको थियो । पछिल्ला दिन जात्रामय भएको भक्तपुरमा आइतबारको सिन्दुर जात्राले भिन्न रौनक थपेको थियो ।

वैशाख २ गतेको सिन्दुर जात्रा मध्यपुर थिमिको प्रमुख जात्रा मानिन्छ । यस दिन बिहान करिब ८ः३० बजे जात्रा सुरु भएको छ । थिमि नगरको बालकुमारी मन्दिर प्राङ्गणमा केन्द्रित हुने यो जात्रामा २३ खट सम्मिलित जात्रा हुन्छ । यस क्षेत्रमा तत्कालीन अवस्थामा ३२ खट भए तापनि अहिले कारणवश २३ खट मात्र सम्मिलित गराउँदै आएको स्थानीय बताउँछन् । अरु खट अहिले नगदेको र बोडेको यता नल्याई उतै गर्ने गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्