सैघाली खबर,
काठमाडौं ९ माघ, । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले मंगलबार बिहान गोम्बेलाई पक्राउ गरेको हो । गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।
गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् ।
यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।