बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु



बैशाख ३, बाँके । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान ७:३५ मा मृत्यु भएको हो।

एक साताअघि मात्र भारतबाट फर्किएका ती युवकलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनी गत चैत ३१ मा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्