२१ दलका नेतासँग छलफल गर्दै निर्वाचन आयोग,



सैघाली खबर,
काठमाडौं ९ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विषयमा मंगलबार आज राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

छलफलपछि सातवटै प्रदेशमा राष्ट्रियसभा चुनावका मतदाताहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। राष्ट्रियसभा चुनावको तयारी, मतदान, मतगणना, एकल संक्रमणीय निर्वाचन प्रणालीलगायतका विषयमा जानकारी गराउन २१ दललाई आयोगमा बोलाइएको प्रवक्ता नवराज ढकालले बताए । माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनको मंगलबार मनोनयन दर्ता हुँदैछ ।

आइतबार राष्ट्रियसभा निर्वाचनका मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्