चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर जलेर नष्ट



ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका चट्याङपछि आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। बिहीबार राति करिब १ बजेतिर चट्याङ परेर आगलागी हुँदा लिखु गाउँपालिका ८ का दुई घर जलेर नष्ट भएका हुन्।
ती घर गाउँपालिका अध्यक्ष र वडाध्यक्षको हो।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले ध्वस्त भएको छ। चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा वडाध्यक्ष विशालकुमारकी श्रीमती घाइते भएकी छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्