दुर्घटना

चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर जलेर नष्ट

By Thah Online

April 16, 2021

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका चट्याङपछि आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। बिहीबार राति करिब १ बजेतिर चट्याङ परेर आगलागी हुँदा लिखु गाउँपालिका ८ का दुई घर जलेर नष्ट भएका हुन्। ती घर गाउँपालिका अध्यक्ष र वडाध्यक्षको हो।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले ध्वस्त भएको छ। चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा वडाध्यक्ष विशालकुमारकी श्रीमती घाइते भएकी छन्।