कृर्षि

ग्रामीण विकास परियोजनाले गर्‍यो कृषियन्त्र बितरण

By Thah Online

April 16, 2021

रबिन्द्र यादव , नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं।२ स्थित समावेशी कृषि सहकारी संस्थालाई कृषि यन्त्र हस्तान्तरण गरिएको छ । संस्थाको अध्यक्ष इन्द्र कमल यादवको अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाक्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त कृषि यन्त्र हस्तान्तरण गरिएको हो ।

कोइकाको आर्थिक सहयोग तथा गुड नेवरर्स इन्टरनेसनलको प्राबिधिक सहयोग एवम् सहमतिको आयोजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट उक्त सहकारीलाई ६९ लाख ९७ हजार ५सय ९५ रुपैयाँ बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको हो ।

कृषिमा आधुनिकरण गर्ने उद्देश्यले परियोजनाद्धारा संस्थालाई हस्तान्त्रण गरिएको यन्त्रमा कम्वाइन हार्वेस्टर १ थान, ट्रयाक्टर १ थान, लेन्ड रेजेर १ थान, पोटेटो हार्वेस्टर १ थान, धान गहुँ काट्ने मेसिन ३ थान , पोटेटो पल्लान्टर १ थान, मिनि टिलर १ थान नगरपालिकाको रोहबरमा हस्तान्त्रण गरिएको परियोजनाका फोकल पर्सन भिम प्रसाद शर्माले जानकारी दिनु भयो ।

यन्त्रण हस्तान्त्रण कार्यक्रममा नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले यस यन्त्रको बढिभन्दा बढि उपयोगन गर्ने र उत्पादनमा बृद्धि गर्दै आम्दानीको श्रोत बलियो बनाउन सहकारीलाई सुझाव दिनु भयो । उहाँले यस यन्त्रहरुको प्रयोगले कृषिमा आधुनिकरण हुने र उत्पादन लागत पनि घटने विश्वास व्यक्त गर्दै यस क्षेत्रको कृषि क्षेत्रमा व्यवसायिकता ल्याउन र कृषकहरुलाई प्रोत्साहन गर्न सुनवल नगरपालिकाले थप सहयोग प्रदान गर्ने विश्वास दिलाउनु भयो ।

कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा सुनवल नगरपालिका उप प्रमुख ददिराम अर्याल, वडा नं।२ वडा अध्यक्ष राजेन्द्र यादव, सहमति परियोजनाका फोकल पर्सन भिम प्रसाद शर्मा, गुड नेवर्स इन्टरनेसनल नेपालको टिम लिडर लोक बहादुर थारु , जिविकोपार्जन बिज्ञ सुनिल दुलाल, सहकारीको सचिव यज्ञ पौडेल लगाएतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि सेवा संगै आर्थिक उन्नति प्रगति पनि गर्ने सुझाव दिए ।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।