युवा संघ नेपाल बझाङकाे जिल्ला कमिटी घाेषणा सहित सपथग्रहण कार्यक्रम सम्पन्न



उत्तम कुमार थापा, बझाङ ।
युवा सँघ नेपाल बझाङकाे जिल्ला कमिटी घाेषणा तथा सपथ ग्रहण कार्यक्रम भएको छ । अाज चैनपुरमा रहेको याेग भवनमा अायाेजित एक कार्यक्रमका विच युवा सँघ नेपालले जिल्ला कमिटी घाेषणा सहित सपथ ग्रहण कार्यक्रम गरिएको हाे ।

युवा संघ नेपाल बझाङका अध्यक्ष विनोद बहादुर सिहकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि पुर्व वन तथा भू सग्रक्षण मन्त्री सुदुरपश्चिम अध्यक्ष भानुभक्त जाेशी विशिष्ट अतिथि सविधानसभा सदस्य लालबहादुर रावल,बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिह, उपाध्यक्ष ईन्द्र बहादुर भण्डारी जिल्ला सचिव दमन भण्डारी लगाएत गाउँपालीका अध्यक्ष उपाध्यक्ष लगाएत सबै जनसमुदायहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

अाज याेगहलमा सुरुभएकाे युवा संघकाे कार्यक्रममा सपथग्रहण सहित घाेषणा सभा गरेको थियाे, घाेषणा कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ । युवा संघका जिल्ला अध्यक्षमा झलक बहादुर धामी उपाध्यक्षमा सुरेश कडाल लगाएत जम्मा २४१ कमिटी घाेषणा गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि भानुभक्त जाेशीले सपथ खुवाउनु भएको थियाे । कार्यक्रममा बाेल्दै नवनिर्मित अध्यक्ष धामीले भने,हामी झुक्दैनाै जस्तो सुकै परिस्थिति अाई लागेनि युवा एकेबद्वभएर अगाडि बढ्ने भन्दै कसैलाई नझुक्न अनुराेध गरिएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्