भारतमा पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि



वैशाख ३, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना संक्रमणको दर पछिल्ला दिनमा लगातार बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टाभित्र २ लाख १७ हजार ३ सय ५३ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या १ करोड ४२ लाख तथा मृत्यु भएकाको संख्या १ लाख ७४ हजार नाघेको छ ।अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार छ। यस अवधिमा कोरोना संक्रमणले १ हजार १ सय ८५ जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ । भारतमा ११ करोड ७२ लाख जनाले कोरोना भाइरसको भ्याक्सिन लगाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्