सुनको मुल्य तोलामा ७ सयले बढ्यो ९० हजार ५ सयमा कारोबार



वैशाख ३, काठमाडौं । नेपाली बजारमा सुनको मुल्य तोलामा ७ सयले रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।   हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्