त्रिदेशीय टी २० सिरिज पूर्व कप्तान पारस खड्काले गुमाउने



 काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले भोलिबाट सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । कुममा लागेको चोेटका कारण उनले सिरिज नखेल्ने भएका छन् । आइतबार अभ्यास खेलमा क्याच लिने क्रममा उनको कुममा चोट लागेको थियो ।

नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ ।  पाँच दिनदेखि चिकित्सकको निगरानीमा रहेका आफूलाई अझै दुईदेखि तीन साता आराम गर्न भनिएको पूर्व कप्तान खड्काले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मैले यो प्रतियोगिता गुमाउन सक्छु, तर मलाई विश्वास छ, हाम्रो टोली पूर्णरुपमा यो प्रतियोगिता जित्न सक्षम छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्