बुटवलमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल । अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्‍चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।

पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ । चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास-प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्