मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा दुई जनाको मृत्यु



काठमाडौं । भक्तपुरको चुनदेवीस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित सडकमा प्रदेश ३-०२-०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर घर भई हाल काठमाडौं पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भक्तपुरस्थित मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्