रामकहानी’मा पूजासँग कस्ले गर्दै छ रोमान्स ?



सैघाली खबर,
नायिका पूर्जा शर्माले नयाँ फिल्ममा रोमान्स गर्ने नायकको नाम बाहिर आएको छ । ‘रामकहानी’ नाम राखिएको फिल्ममा ‘म त तिम्रै हुँ’का नायक आकाश श्रेष्ठ अनुवन्धित भएको निकट स्रोतले फिल्मीखबर डटकमलाई जानकारी दिएको छ । आकाशको ‘तिमीसँग’ नामक फिल्म प्रदर्शनको तयारीमा छ । कमेडी लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’मा आकाश, पूजाको अपोजिटमा देखिनेछन् । सुदर्शन थापाको कथा, निर्देशन र निर्माण रहने फिल्ममा पूजाको पनि लगानी रहनेछ । केही महिनादेखि सुदर्शन र पूजा राम्रो नाच्न जान्ने नायकको खोजीमा थिए ।

फिल्ममा पूजा र आकाशसँगै हास्यकलाकारहरु केदार घिमिरे ९माग्ने बुढा०, जितु नेपाल ९मुन्द्रे०, विल्सन विक्रम राई ९तक्मे बुढा०, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक बुझेको चर्चा छ । दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ । फिल्मको छायांकन फागुन १ गतेबाट सुरु हुँदैछ ।movieclub

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्